काठमाडौं। सत्तासाझेदार नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवम् सांसद राजेन्द्र पाण्डेले सांसदहरुले उठाएका जनसरोकारको विषयमा मन्त्रीहरुले संसदमा उपस्थित भएर अनिवार्य रुपमा जवाफ दिनुपर्ने व्यवस्था गर्न माग गरेका छन् ।शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदमा उठेका प्रश्नको जवाफ दिनका लागि मन्त्रीलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण पनि गराए ।उपाध्यक्ष पाण्डेले जनताको समस्या पोख्ने थलो भए पनि सरकार मुकदर्शक भएर बस्यो भने संसदको अर्थ नहुनेतर्फ पनि सचेत गराए ।उनले भने, ‘संसद जनताको समस्या पोख्ने थलो हो यो । जनताको समस्याका बारेमा यहाँ हामी पोख्छौं।
तर, सरकार मुकदर्शक भएर बस्यो भने आम जनताको बीचमा त्यो संसदप्रति कस्तो धारणा बन्ला । त्यसैले सभामुख महोदय, म गम्भिरतापूर्वक अव आईन्दा हरेक दिन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु–हरेक दिन एक जना मन्त्रीले आएर आफ्नो मन्त्रालयसँग सम्बन्धित मन्त्रीहरुले यहाँ उठेका प्रश्नहरुको उत्तर दिने खालको परिस्थिति बनोस् । सभामुख महोदयले रुलिङ गरियोस् भन्ने माग गर्दछु।’सांसद पाण्डेले संसदप्रति सरकारलाई जवाफदेही बनाउन पनि मन्त्रीहरुले सांसदहरुले संसदमा उठाएको प्रश्नहरुको अनिवार्य जवाफ दिनुपर्ने आवश्यक्ता समेत औंल्याए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ चैत्र २०७९, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुनको शासन र शक्ति पृथकीकरणमा संवेदनशील हुन सरकारलाई रास्वपा सांसदको सुझाव
एमाले सांसदको प्रश्न- मेयर हुँदा राखेको ग्रेटर नेपालको नक्सा अहिले खोइ ?
रास्वपाका सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण सुरु
सरकार ‘रुल अफ ल’ भन्दा ‘रुल बाइ ल’ तर्फ उद्धतः सांसद गुरुङ
लुम्बिनीका सांसदसँग प्रधानमन्त्रीको छलफल, विकास र सुशासन प्राथमिकतामा
सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री शाहको छलफल