काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक भोलि दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । पार्टी पदाधिकारीसहित विभागीय प्रमुखहरुको बैठक बस्न लागेको हो ।बैठकमा पार्टीले सञ्चालन गरेको २ महिने अभियानको समीक्षा लगायत पार्टी गतिविधिका विषयमा छलफल हुने माओवादी केन्द्रका सचिव गणेश शाहले बताए । पार्टी बैठकले सरकारलाई आवश्यक सल्लाह सुझाव समेत दिने शाहले बताए ।
पार्टी पदाधिकारीसहित विभागीय प्रमुखहरुको बैठक बोलाएको छ । पार्टीले सञ्चालन गरेको २ महिने अभियान कस्तो रह्यो ? जनताबाट के कस्ता सुझावहरु आए त्यस विषयमा छलफल हुने छ’ शाहले भने, ‘अरु सरकार गर्ने काम कारवाहीका विषयमा सुझाव लिइने छ । कुन कुन क्षेत्रलाई प्राथमिकता दिने भन्ने छलफल हुने छ ।’ बैठकमा आगामी बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषयमा नेताहरुले सुझाव दिने बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ चैत्र २०७९, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन