काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक भोलि दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । पार्टी पदाधिकारीसहित विभागीय प्रमुखहरुको बैठक बस्न लागेको हो ।बैठकमा पार्टीले सञ्चालन गरेको २ महिने अभियानको समीक्षा लगायत पार्टी गतिविधिका विषयमा छलफल हुने माओवादी केन्द्रका सचिव गणेश शाहले बताए । पार्टी बैठकले सरकारलाई आवश्यक सल्लाह सुझाव समेत दिने शाहले बताए ।
पार्टी पदाधिकारीसहित विभागीय प्रमुखहरुको बैठक बोलाएको छ । पार्टीले सञ्चालन गरेको २ महिने अभियान कस्तो रह्यो ? जनताबाट के कस्ता सुझावहरु आए त्यस विषयमा छलफल हुने छ’ शाहले भने, ‘अरु सरकार गर्ने काम कारवाहीका विषयमा सुझाव लिइने छ । कुन कुन क्षेत्रलाई प्राथमिकता दिने भन्ने छलफल हुने छ ।’ बैठकमा आगामी बजेटमा सरकारले समेट्ने कार्यक्रमका विषयमा नेताहरुले सुझाव दिने बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ चैत्र २०७९, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
माओवादीको केन्द्रीय कमिटी बैठक जारी
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)