दोलखा । दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दोलखाको सुरी केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर २७ मिनेट जाँदा पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो ।
उक्त भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ ।यसअघि गत चैत १५ गते ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ चैत्र २०७९, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुगुमा फेरि भूकम्पको धक्का
मुगु केन्द्रबिन्दु भएर भूकम्पको धक्का
ताइवानमा ६.४ म्याग्निच्युडको भूकम्प
टर्कीमा गयो भूकम्प, सात जना घाइते
कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
भारतको मणिपुरमा भूकम्पका दुई झट्का