काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले केन्द्र सरकार टिकाउ नहुँदा स्थानीय तहहरूलाई समस्या परिरहेको गुनासो गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्थायी सरकार चाँडै गठन गर्न र टिकाउन सुझाव दिए ।
काठमाडौं महानगरपालिकाद्वारा आयोजित न्यायिक समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै शाहले उक्त सुझाव दिएका हुन् । प्रधानमन्त्री प्रचण्डसमेत कार्यक्रममा सहभागी छन् ।
शाहले भने, ‘स्थानीय सरकार पाँच वर्षका लागि हुन्छ । तर, उहाँहरूको सरकार टिक्दैन । यसले गर्दा स्थानीय तहलाई समस्या पर्छ । म प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, यसपालि चाहिँ सरकार केही समयलाई टिकिदिए हामीलाई समन्वय गर्न सजिलो हुने थियो ।’
स्थानीय सरकार एक्लैले गर्न नसक्ने कामहरू धेरै हुने अनुभव बालेनले सुनाए । काठमाडौं महानगरले बाग्मती सभ्यता जोगाउन खोजिरहेको भन्दै यसमा केन्द्र सरकारको सहयोगका लागि आशा राखेको उनले बताए ।
‘यसका लागि मैले हिजो पनि प्रधानमन्त्री, मन्त्रीज्यूहरूसँग अनुरोध गरेको थिएँ । आज पनि गर्छु । पहिले सार्वजनिक सम्पत्ति जोगाऊँ, खोलानाला जोगाऊँ, त्यसपछि लिपुलेक पनि जोगाउँला ।’
बालेनले चाँडै नै स्थायी सरकार बनेर आफूहरूले सहकार्य गर्न पाउने आशा व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ चैत्र २०७९, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतीक्षा नयाँ सरकारको, चैत दोस्रो सातासम्म नयाँ प्रधानमन्त्री चयन प्रक्रियाले पूर्णता पाउने
जेन्जीको चेतावनी: कार्की आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन चर्कने, फेरि सडकमा आउने
पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक
रास्वपालाई भुटानका प्रधानमन्त्रीको बधाई: दुई देशको मित्रता अझ प्रगाढ बन्ने आशा छ
निर्वाचन सफल भएकोमा बङ्गलादेशका प्रधानमन्त्री रहमानले दिए नेपाललाई बधाई
प्रधानमन्त्री कार्कीले धापासी पुगेर गरिन् मतदान