काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले केन्द्र सरकार टिकाउ नहुँदा स्थानीय तहहरूलाई समस्या परिरहेको गुनासो गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई स्थायी सरकार चाँडै गठन गर्न र टिकाउन सुझाव दिए ।
काठमाडौं महानगरपालिकाद्वारा आयोजित न्यायिक समितिको राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै शाहले उक्त सुझाव दिएका हुन् । प्रधानमन्त्री प्रचण्डसमेत कार्यक्रममा सहभागी छन् ।
शाहले भने, ‘स्थानीय सरकार पाँच वर्षका लागि हुन्छ । तर, उहाँहरूको सरकार टिक्दैन । यसले गर्दा स्थानीय तहलाई समस्या पर्छ । म प्रधानमन्त्रीज्यूलाई भन्न चाहन्छु, यसपालि चाहिँ सरकार केही समयलाई टिकिदिए हामीलाई समन्वय गर्न सजिलो हुने थियो ।’
स्थानीय सरकार एक्लैले गर्न नसक्ने कामहरू धेरै हुने अनुभव बालेनले सुनाए । काठमाडौं महानगरले बाग्मती सभ्यता जोगाउन खोजिरहेको भन्दै यसमा केन्द्र सरकारको सहयोगका लागि आशा राखेको उनले बताए ।
‘यसका लागि मैले हिजो पनि प्रधानमन्त्री, मन्त्रीज्यूहरूसँग अनुरोध गरेको थिएँ । आज पनि गर्छु । पहिले सार्वजनिक सम्पत्ति जोगाऊँ, खोलानाला जोगाऊँ, त्यसपछि लिपुलेक पनि जोगाउँला ।’
बालेनले चाँडै नै स्थायी सरकार बनेर आफूहरूले सहकार्य गर्न पाउने आशा व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ चैत्र २०७९, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनमा भएको आगजनी र तोडफोड षडयन्त्रजस्तो लागेको छ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
प्रधानमन्त्री कार्कीद्वारा सहिदको प्रतिमामा माल्यार्पण
चीनले दियो प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई
नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने
प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै कुलमानले भने: हामी सबै एक भएर अगाडि बढ्नुपर्छ