काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले जघन्य अपराधमा अपराधीलाई उन्मुक्ति दिन नमिल्ने बताएका छन्। अध्यक्ष थापाले जघन्य अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालीन न्यायको मान्यता नभएको बताए ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले द्वन्द्वकालमा सयौँ निर्दोष व्यक्तिहरुको हत्या भएकोले उनीहरुका परिवारले न्याय पाउनुपर्नेमा जोड दिएका छन् । सामाजिक सञ्जालमा अध्यक्ष थापा लेख्छन्, ‘माओवादी हिंसात्मक द्वन्द्वकालमा सयौँ निर्दोष व्यक्तिहरुको हत्या भएको छ । उनीहरुका परिवारले न्याय पाउनुपर्छ।’
थापाले हत्यालाई वर्गाीकरण गरेर अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालिन न्यायको मान्यता हुन नसक्ने बताएका छन्।उनले लेखेका छन्, ‘हत्या जघन्य अपराध हो । अहिले विद्रोही र सरकार दुवै एउटै भएका छन्। यस्तो बेला जनताको प्रतिनिधि संसदले विवेक गुमाउने छैन भन्ने आशा गर्दछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ चैत्र २०७९, १४ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा
राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
राजावादीका लागि अनुकूल समय आयो : कमल थापा
जनताको शान्तिपूर्ण बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्छौं : कमल थापा