काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले उक्त ट्रेजरी २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।
ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ ।
केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्बको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० वैशाख १२ गते परिपक्व हुनेछ भने ९१ दिनको लागि ११ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० असार १२ गते परिपक्व हुनेछ ।
यसैगरी, १८२ दिनको लागि ६० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो भने यो ट्रेजरी असोज ९ गते परिपक्व हुनेछ । उता, बैंकले एक वर्षको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० चैत १३ गते परिपक्व हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ चैत्र २०७९, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले चलनचल्तीमा ल्यायो १० रुपैयाँ दरका नयाँ नोट
डा. कार्कीको संयोजकमा बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल गठन
बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक
सरकारको खातामा ३ खर्ब ६० अर्ब नगद मौज्दात
शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब बचतमा, विदेशी मुद्रा सञ्चितिले १४.६ महिनाको आयात धान्ने