काठमाडौं । आगामी बैशाख ३० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ वटा दल दर्ता भएका छन् । केही दिनअघि आयोगले दल दर्ताका लागि आह्वान गरेको थियो । उप निर्वाचनका लागि २६ वटा दल दर्ता भएको आयोग प्रवक्ता शालिकराम शर्माले जानकारी दिए।
तनहुँ क्षेत्र नम्बर १, बारा क्षेत्र नम्बर २ र चितवन क्षेत्र नम्बर २ मा बैशाख १० गते उप निर्वाचन हुँदैछ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित हुनुभएको थियो । तर, नागरिकता प्रकरणमा दोषी पाइएपछि उनको सांसद पद खारेज भएको थियो ।
उक्त निर्वाचन क्षेत्रमा फेरि लामिछानेले नै उम्मेदवारी दिने तयारी गरेका छन। यस्तै, तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि र बारा २ बाट निर्वाचित जनता समाजवादी पार्टीका रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यी क्षेत्र रिक्त छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ चैत्र २०७९, २० : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश