भक्तपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनिती दलहरु प्रती आम जनताको बितृष्णा मात्र होइन बिस्तारै घृणा बढ्न थालेको टिप्पणी गरेका छन् । महिनैपिच्छे समीकरण फेरबदल गर्दै सत्ता केन्द्रित फोहरी खेलमा लिप्त हुने अनैतिक ,अमर्यादित र अशोभनीय गतिविधिले जनतामा आक्रोश पैदा भएको बताए ।
काठमाडौं उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियान अन्तर्गत भक्तपुरको मध्यपुरमा आयोजित कार्यक्रममा बोल्दै थापाले भ्रष्ट ,अनैतिक र असफल भनेर भनिएका दलहरूसङ्ग सत्ता गठबन्धन बनायर ब्रम्हलुटमा सङ्गै सम्लग्न हुनुले नयाँ उदय भएका दलहरुप्रतिको भरोसा पनि टुटेको बिचार ब्यक्त गरे । सत्ता र शक्ति केन्द्रित भएका ठुला दलहरुकै बाटोमा हिड्ने कामले बिकल्प दिन नसक्ने उनको दाबी थियो ।
जनतालाई जीवन धान्न गाह्रो भएको बिषयले भन्दा पनि सत्तारोहणको बिषयले महत्त्व पाउनुबाट नयाँ विकल्प भनिएका दलबाट जनता निराश भएको बिचार ब्यक्त गरे । मुकुक डरलाग्दो आर्थिक सड्ढट तिर गैरहेकोमा चिन्ता ब्यक्त गर्दै थापाले भने-'आर्थिक मन्दी बढ्ने क्रममा छ,कारोबार ठप्प प्राय छ, बित्तीय सड्ढट गहिरिदै छ, महङ्गी अनियंत्रित छ, निर्यात छैन,उत्पादन छैन, रेमिट्यान्समा बिचलन आए मुलुक धराशायी हुनेछ ।'
सरकारसङ्ग अहिलेको सड्ढटबाट मुक्त हुने कुनै नीति,योजना कार्यक्रम नभएको भन्दै थापाले अहिले मुलुकले एउटा भ्रष्टाचार बिरोधि भरपर्दो बैकल्पिक शक्ति खोजिरहेको र त्यो शक्ति राप्रपा नेपाल बनाउने अभियानलाई साथ दिन समेत आग्रह गरे । कार्यक्रममा पार्टीका नेताहरु माधब खत्री , शङ्खदेब, यबती कार्की, रामसुन्दर बिष्ट लगायतले बोलेका थिए ।भेलाले सागर बुढाथोकीको अध्यक्षतामा १९ सदस्यीय राप्रपा नेपाल मध्यपुर-१ वडा समिति गठन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ चैत्र २०७९, ०९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा
राजावादी आन्दोलनमा प्रहरी हस्तक्षेप, राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
राजावादीका लागि अनुकूल समय आयो : कमल थापा
जनताको शान्तिपूर्ण बलमा हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गरेरै छाड्छौं : कमल थापा