काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रदेश तहको संरचना आर्थिक र राजनीतिक रुपमा बोझ भएको बताएका छन् । अध्यक्ष थापाले उक्त संरचना आर्थिक र राजनीतिक रुपमा बोझ भएको भन्दै हटाउनुपर्ने बताए । शनिबार सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले राष्ट्रिय सुरक्षाको अन्तिम किल्लाको रुपमा रहेको नेपाली सेनाको संख्या घटाउने निरर्थक बहस गर्नुको सट्टा देशलाई आर्थिक र राजनीतिक बोझ बनेको प्रदेशतहको संरचना हटाउने बारे बिचार गर्न आह्वान गरेका हुन् ।
अध्यक्ष थापाले प्रश्न गरेका छन् : ‘के नेपालको निम्ति अर्बौ तलबभत्ता खाने करिब सयको संख्यामा प्रदेशमन्त्री र पाँचसय प्रदेश सांसद आवश्यक छ ?’ उनले राष्ट्रिय जनगणनाको नतिजा प्रकाशित गर्दा धर्म सम्बन्धि तथ्याङ्क सार्वजनिक हुन नसकेको गुनासो समेत गरेका छन् । उनले भनेका छन्, ‘धर्म परिवर्तनको डढेलोबाट सनातन धर्ममा गएको पहिरो तथा हिन्दु, बौद्ध र किराँतमा परेको नकरात्मक प्रभावका कारण राष्ट्रिय जनगणनाको नतिजा प्रकाशित गर्दा धर्म सम्बन्धि तथ्याङ्क सार्वजनिक हुन सकेन ।’
विश्वमा तिव्र गतिमा धर्मपरिवर्तन हुने देशहरूमा नेपाल एक नम्बरमा रहेको भन्दै थापाले भनेका छन्, ‘सनातन धर्मको रक्षा गरौँ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ११ चैत्र २०७९, ११ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ