काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको दृष्टिकोण स्पष्ट भएकाले यही गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुने बताएका छन् ।
पार्टी निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन समाजवादीको तेस्रो केन्द्रीय कमिटी बैठक एवं प्रशिक्षण कार्यक्रमको उद्घाटनका क्रममा अध्यक्ष नेपालले वर्तमान गठबन्धन सरकार बनाउन मात्र नभई जनताका समस्या समाधान गर्नका लागि प्रतिबद्ध रहेको बताए।
विगतमा दुई तिहाईको सरकार पनि वैचारिक मतभेदका कारण जनादेशअनुसार टिक्न नसकेको उल्लेख गर्दै उनले यो गठबन्धनले सही सोच र दृष्टिकोणका साथ अगाडि बढ्ने हुँदा गठबन्धन भत्किने सम्भावना नरहेको प्रष्ट पारे।
पूर्वप्रधानमन्त्री रहेका अध्यक्ष नेपालले मुलुकमा बढ्दै गएको आयात न्यूनीकरण गर्नुपर्नेमा जोड दिँदै आयात र निर्यातको ठूलो असन्तुलनलाई कसरी कम गर्ने भन्ने विषय अहिलेको प्रमुख चुनौती रहेको विचार व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० चैत्र २०७९, १९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी बनाउने आँट छ, मुद्दाकै कारण बिदा गरे स्वीकार्छु: माधव नेपाल
एमालेमा अन्तरसंघर्ष चर्किएको छ, भविष्य के हुन्छ यसै भन्न सकिँदैन: माधव नेपाल
विचार मिल्नेसँग एकता गरेर जान्छौं: माधव नेपाल
माधव नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको सचिवालय बैठकको निष्कर्ष
'कठघरा' मा एकजना पूर्वप्रधानमन्त्रीको दिनभरको बैचनी
३५ लाख धरौटी बुझाएर छुटे पूर्वप्रधानमन्त्री माधव नेपाल