काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव गरेका छन् । २०७५ सालमा एमाले र माओवादी केन्द्रबीचको एकतापछि गठन गरिएको नेकपालाई ब्युँताउने अध्यक्ष नेपालले प्रस्ताव गरेका हुन् ।
सर्वाेच्च अदालतले ऋषिराम कट्टेलको नेकपालाई मान्यता दिँदै केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा खारेज गरेपछि फेरि एमाले र माओवादी केन्द्र नै अस्तित्वमा आएको थियो । आन्तरिक विवादले एमालेबाट विभाजन भएर नेपालले एकीकृत समाजवादी दर्ता गरेका हुन् ।
तर, अहिले अध्यक्ष नेपालले तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव प्रचण्डसमक्ष गरेका हुन् । शुक्रबार भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रममा अध्यक्ष नेपालले नेकपा ब्युँताउने प्रस्ताव आफूले प्रचण्डसमक्ष गरेको जानकारी दिएका हुन् ।शुक्रबार बिहान भएको कुराकानीमा आफूले प्रचण्डसँग नेकपालाई रिभाइभ गर्न प्रस्ताव गरेको अध्यक्ष नेपालको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० चैत्र २०७९, १४ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल