काठमाडौं । तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चैत ५ गते उनीहरुलाई पक्राउ गरि बुधबार सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा झापा कचनकवलका कृष्णबहादुर कटवाल, बबरमहलका न्यूल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लगण्डकीका लोप्साङ थिन्ले र ललितपुर गोदावरीका विजय लामा रहेका छन् ।
उनीहरुले काठमाडौंको बबरमहल क्षेत्रमा बसेर सरकारी कार्यालयहरुको कागजात, छाप तथा कर्मचारीको दस्तखतसमेत किर्ते गरी झुट्टा लिखत तथा नक्कली सिफारिस तयार गरी तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने गरेको अनुसन्धानमा खुलेको छ ।
गिरोहले तिबब्बी शरणार्थीलाई नेपाली नागरिकता बनाउन प्रतिव्यक्ति ३ देखि ५ लाखसम्म लिने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०८ चैत्र २०७९, १५ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ