काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा सडकमा प्रदर्शन सुरु गरेका छन् । जेन जेड आन्दोलनको जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदनको प्रति जलाउँदै उनीहरूले विरोध प्रदर्शन गरेका छन् ।
एमाले केन्द्रीय कार्यालय च्यासल नजिक एमाले कार्यकर्ताले टायर र कार्की आयोगको प्रतिवेदनको प्रति बालेर प्रदर्शन गरेका हुन् ।
जेन जेड आन्दोलनको जाँचबुझ गर्न सुशीला कार्की नेतृत्वको अन्तरिम चुनावी सरकारले विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वमा जाँचबुझ आयोग बनाएको थियो ।
चुनावपछि गठन भएको बालेन नेतृत्वको वर्तमान सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय शुक्रबार गरेको थियो ।
सरकार गठन भएको पहिलो दिन नै प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय लिए लगत्तै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउको प्रक्रिया सुरु गरिएको थियो ।
शनिबार बिहान ओली र लेखक पक्राउ परेपछि एमालेले देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ चैत्र २०८२, १५ : ०९
लेखकबाट थप