चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, १२ चैत्र २०८२, १४ : ५०
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा संलग्न पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

धादिङको गङ्गाजमुना गाउँपालिका-७ फुलखर्क घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका-१० शेषमती बस्ने २२ वर्षीय प्रशन्न अधिकारी, नवलपरासी (पूर्व), कावासोती नगरपालिका-१७ घर भई हाल काठमाडौँ महानगरपालिका-२६ बस्ने २८ वर्षीय प्रदिप गुरुङ, ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-९ घर भई काठमाडौँ महानगरपालिका–२६ सामखुशी बस्ने २९ वर्षीय लाक्पा शेर्पा, रसुवाको नौकुण्ड गाउँपालिका-५ घर भई काठमाडौँ महानगरपालिका-२६ बस्ने २८ वर्षीय सागर कामी र भारतको महाराष्ट्रको सोलपुर जिल्ला तान्दुलवाडी थाना खोरेबस्ती ग्राम घर भई काठमाडौँ महानगरपालिका-१५ बस्ने २८ वर्षीय गौरव गुणाजी मोरे पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस