काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउप्रति असन्तुष्टि जनाउँदै राजधानीमा विरोध प्रदर्शन जारी राखेको छ। सो प्रदर्शन आज माइतीघर क्षेत्रबाट सुरु भई बबरमहलतर्फ अघि बढाइएको छ।
पार्टीका नेता तथा कार्यकर्ताहरू माइतीघरमा भेला भएर जुलुसको रूपमा अघि बढिरहेका छन्। यसअघि पार्टी सचिव महेश बस्नेतले सबै नेता र कार्यकर्तालाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेका थिए।
एमालेले ओलीलाई राजनीतिक पूर्वाग्रहका आधारमा नियन्त्रणमा लिइएको दाबी गर्दै सरकारको कदमको विरोध गर्दै आएको छ। साथै, वर्तमान सरकारको कार्यशैलीलाई अधिनायकवादी प्रवृत्तिको रूपमा आरोप लगाइएको छ।
ओलीलाई भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनको घटनामा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा जिम्मेवार ठहर गर्दै गठित जाँचबुझ आयोगले अनुसन्धान सिफारिस गरेको थियो। सोही सिफारिसको आधारमा प्रहरीले उनलाई गत शनिबार नियन्त्रणमा लिएको हो।
ओली पक्राउ परेसँगै नेकपा एमालेले देशभर विभिन्न चरणमा विरोध कार्यक्रम सञ्चालन गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ चैत्र २०८२, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको सचिवालय बैठक शनिबारका लागि आह्वान
प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर एमालेको आपत्ति, संसद्को मर्यादा कमजोर पारिएको आरोप
प्रदेश सरकार हेरफेरबारे ओली निवासमा कांग्रेस–एमाले नेताबीच छलफल
नेकपा एमालेद्वारा २१ सदस्यीय संसदीय बोर्ड गठन
चुनाव हारको दुई महिना वित्दासम्म एमालेले गरेन चुनावी समीक्षा
सरकार अध्यादेशमार्फत अघि बढेको भन्दै एमालेको कडा आपत्ति