नीति, कार्यक्रम र लक्ष्यका आधारमा मात्रै सरकारमा जान्छौं: झलनाथ

सफल खबर संवाददाता

मंगलबार, ०७ चैत्र २०७९, १४ : १९
नीति, कार्यक्रम र लक्ष्यका आधारमा मात्रै सरकारमा जान्छौं: झलनाथ

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सरकारमा सहभागी हुनेबारे छलफल भए पनि नीति, कार्यक्रम, लक्ष्य र उद्देश्य टुंगिनुपर्ने बताएका छन् ।पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै खनालले समग्र सरकारको खाका पहिले प्रस्ट हुनुपर्ने बताएका हुन् । 

सरकारमा सहभागी हुनेबारे छलफल भयो । तर सकारमा कसरी जाने के उद्देश्यले जाने ? के नीति कार्यक्रमले जाने सरकारमा के कति हिस्सेदारी हुन्छ ? यस विषयमा छलफल गरेपछि मात्रै एउटा टुंगोमा पुग्ने भन्ने भएको छ’ खनालले भने, ‘अब अध्यक्षको नेतृत्वमा टिमले कुरा सत्ता गठबन्धनसँग कुरा गर्छ ।’ आफूहरूले सरकारमा भागबण्डा मात्रै भन्दा पनि उद्देश्य र कार्यक्रममा जोड दिएको दाबी उनले गरे ।

हामी के नीति, के कार्यक्रम के लक्ष्य र के उद्देश्यका आधारमा सरकारका जाने ? सरकार कसरी अगाडि बढ्छ ? यो प्रस्ट हुनुपर्छ भनेका हौं’, उनले भने, ‘सरकारमा कति वटा मन्त्रालय लिने पनि लक्ष्य र कार्यक्रम के हुने भन्नेभित्रै पर्छ । मन्त्री मात्रै बन्नेभन्दा नीति कार्यक्रम हराउन खोजेपछि प्रस्टता चाहेका हौं ।’सरकारमा जानेबारे माधव नेपालको संयोजकत्वमा बनाइएको कार्यदलमा उपाध्यक्ष वेदुराम भूसाल र प्रवेश हमाल छन्। 

प्रतिक्रिया दिनुहोस