काठमाडौं । माओवादी केन्द्रसहितका ९ वाम दलसँगको एकता प्रक्रियामा असहमत रहेका पूर्व प्रधानमन्त्री झलनाथ खनाल अहिले दुविधामा परेका छन् ।
एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकभित्र पहिले पार्टीभित्र पूर्नगठन हुनुपर्ने र त्यसपछि मात्र पार्टीहरुका बीचमा एकता प्रक्रियामा जानुपर्ने मत राखेर माओवादीसँगको एकतामा असहमति जनाएका खनाल अहिले आफुलाई साथ दिने नेता नदेखिएपछि अप्ठ्यारोमा परेका छन् ।
उनीसँगै माधव नेपाललाई छोडेका घनश्याम भुषालले नयाा पार्टी बनाउने तयारी र अन्य नेताहरु रामकुमारी झाँक्री, किसन श्रेष्ठ लगायतका नेताहरु निर्शत एमालेमा फर्किने घोषणा पछि उनी विलखबन्दमा परेका हुन् ।
यसलाई बाहिर प्रचारमा ल्याएपनि उनी मात्र ओलीले आफुलाई सम्मानजनक एकताका लागि बोलाईदिउन् भन्ने चाहिरहेका छन् ।ओलीले उनलाई सम्मान गरी एकतामा बोलाउने बाटोको खोजी मात्र गरिरहेको उनी निकट नेताहरुको भनाई छ ।
उनको भित्री मन एमालेमै फर्किने छ । उनले त्यसका लागि केही पहल पनि लिएका हुन् । तर ओलीले घर छोडेर गएकाहरुलाई फर्किन आह्रवान गरेको, कुनै एकताको नाम दिन नसकिने तर ब्यक्तिगत रुपमा पार्टीम प्रवेश गरे हुने भन्ने गरी हलुका टिप्पणीसहित फिर्ताको प्रस्ताव राखेपछि उनी अप्ठ्यारोमा परेका हुन् ।
रामकुमारी झाँक्री लगायत नेताहरु भने निशर्त पार्टी प्रवेश गर्न लागेका छन् । त्यसका लागि उनीहरुले आजै एक कार्यक्रम गरेर एमाले जाने निर्णय लिँदैछन् । तर खनाल रामकुमारी एमाले फर्कन लागेको जसरी फर्किन अप्ठ्यारो मानिरहेका छन् ।
हिजो एमाले विभाजनपछि एकीकृत समाजवादी बनाएको किन भन्ने विषय उनको मनमा उब्जिरहेको छ । जसले उनलाई निशर्त एमालेमा फर्किदा आत्मसमर्पण गरेर गएको आरोप लाग्ने महसुस भईरहेको छ । त्यही आधारमा उनले मंगलबार ओली निवास गुन्डुमा गएर पार्टीमा सम्मानजनक फर्किने वातावरण निर्माणका लागि आग्रह् गरेका थिए । उनले मुलतः बाहिर चार विषयमा कुनै न कुनै सहमति भए आफु फर्किन तयार रहेको भनी प्रचार गराएपनि उनको त्यो फेस सेभिङको मात्र विषय भएको बताएका छन् ।
एमालेमा सिधै फर्किनु भन्दा अन्तिम पटक प्रचण्डसँग पनि छलफल गरेको जस्तो नाटक गरेर उनले आज प्रचण्डसँग पनि भेट गर्ने तयारी गरेका छन् । खनालले चार बुँदे शर्त अगाडी सारेको बाहिर प्रचारमा ल्याएका छन् । पहिलो, माक्र्सवाद, लेनिनवादलाई मात्रै मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, जबज लगायतका विषयमा रह्न नहुने, दोस्रो, समाजवादी क्रान्तिको कार्यदिशा अवलम्बन गर्नुपर्ने, तेस्रो, एकमात्रै कार्यक्रम समाजवादी कार्यक्रम मान्नुपर्ने र चौथो त्यो कार्यक्रम प्राप्त गर्ने कार्यदिशा, निति र सिद्धान्तमा पार्टी हिड्नुपर्ने प्रस्ताव छ ।
तर ओली खनालको यी प्रस्तावमा सहमत छैनन । उनले यसलाई बाहिर प्रचारमा ल्याएपनि उनी मात्र ओलीले आफुलाई सम्मानजनक एकताका लागि बोलाईदिउन् भन्ने चाहिरहेका छन् । ओलीले उनलाई सम्मान गरी एकतामा बोलाउने बाटोको खोजी मात्र गरिरहेको उनी निकट नेताहरुको भनाई छ ।
ओलीले सम्मान नगरे प्रचण्डसग पनि उनी सौदावाजी गर्ने तयारीमा देखिएका छन् । तर उनको मन प्रचण्ड माधव तिर भन्दा ओलीतिरै झुकाव छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ कार्तिक २०८२, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीले ‘घर फर्किन’ गरेको आह्वानबारे योगेश भन्छन्– ‘समयानुकूल र आवश्यक कदम’
ओली र लेखकको पासपोर्ट रोक्का गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
ओलीले किन अघि सारे जेनजीसहितको सर्वपक्षीय सरकारको प्रस्ताव ?
ओली, लेखक, गृहसचिवसहितको राहदानी रोक्का र स्थान हदविरुद्ध सर्वोच्चमा रिट दर्ता
‘काम नलाग्ने चिज मात्रै छोडेर बालकोटमा आगजनी गरिएको छ’ : ओली
‘यस्तै हो भने म फेरि प्रधानमन्त्री बन्ने सम्भावना बढ्छ’ : ओली