काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाका रिक्त तीन स्थानमा बैशाख १० गते उपनिर्वाचन गर्ने तयारी गरेको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन भएसँगै आयोगले रिक्त थप दुवै स्थानमा बैशाख १० गते नै उपनिर्वाचन गर्ने भएको हो ।
यसअघि आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको थियो । नेपाली कांग्रेसका रामचन्द्र पौडेल गत २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ क्षेत्र नम्बर १ जनप्रतिनिधिबिहीन भएको छ । यस्तै शुक्रबार उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएसँगै उनको निर्वाचन क्षेत्र बारा २ पनि रिक्त छ ।
आयोगले तनहुँ १, बारा २ र चितवन २ मा एकैदिन उपनिर्वाचन गराउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । आयोगले चालु आर्थिक वर्षसम्म कुनै पनि पद रिक्त भए अहिले भइरहेको मतदाता नामावली अद्यावधिकलाई नै मान्ने निर्णय गरिसकेको छ ।
त्यस्तै गत मंसिरमा भएको चुनावमा प्रयोग भएका सामग्री मौज्दात रहेकाले सामग्रीसमेत खरिद गर्नुनपर्ने आयोगले जनाएको छ । उपनिर्वाचनका लागि अब मतपत्र छपाइ र कर्मचारीबाहेक अन्य तयारी गर्नु नपर्ने भएकाले वैशाख १० गते चुनाव गराउन आयोग तयार भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ चैत्र २०७९, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगमाथि शंकाको बादलः ‘सत्तारुढ दल नै राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिको विपक्षमा’
निर्वाचन आयोगले ल्याएको राजनीतिक दल स्वमूल्यांकन कार्यविधिमा एमालेले जनायो आपत्ति
दलहरूसँग निर्वाचन आयोगले माग्यो स्वमूल्यांकन कार्यविधिमा सुझाव
मुकुन्दश्याम गिरीले दिए निर्वाचन आयोगमा उजुरी
विदेशमा रहेका नेपालीलाई मताधिकार दिन निर्वाचन आयोगलाई ताकेता
रास्वपाको नामबाट ‘स्वतन्त्र’शब्द हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी