काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाका रिक्त तीन स्थानमा बैशाख १० गते उपनिर्वाचन गर्ने तयारी गरेको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन भएसँगै आयोगले रिक्त थप दुवै स्थानमा बैशाख १० गते नै उपनिर्वाचन गर्ने भएको हो ।
यसअघि आयोगले चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको थियो । नेपाली कांग्रेसका रामचन्द्र पौडेल गत २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि तनहुँ क्षेत्र नम्बर १ जनप्रतिनिधिबिहीन भएको छ । यस्तै शुक्रबार उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव निर्वाचित भएसँगै उनको निर्वाचन क्षेत्र बारा २ पनि रिक्त छ ।
आयोगले तनहुँ १, बारा २ र चितवन २ मा एकैदिन उपनिर्वाचन गराउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । आयोगले चालु आर्थिक वर्षसम्म कुनै पनि पद रिक्त भए अहिले भइरहेको मतदाता नामावली अद्यावधिकलाई नै मान्ने निर्णय गरिसकेको छ ।
त्यस्तै गत मंसिरमा भएको चुनावमा प्रयोग भएका सामग्री मौज्दात रहेकाले सामग्रीसमेत खरिद गर्नुनपर्ने आयोगले जनाएको छ । उपनिर्वाचनका लागि अब मतपत्र छपाइ र कर्मचारीबाहेक अन्य तयारी गर्नु नपर्ने भएकाले वैशाख १० गते चुनाव गराउन आयोग तयार भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०५ चैत्र २०७९, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने
उम्मेदवारलाई चुनावी खर्च सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगद्वारा मातृका यादवलाई निर्वाचित भएको घोषणा