काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको पहिलो दिन आज आइतबार झिनो अंकले बढेको छ । आजको कारोबार शुरुदेखि नै उच्च अंकले घटेको नेप्से अन्तत सामान्य अंकले बढेर बन्द भएको हो ।
आज नेप्से ४.५५ अंकले बढेर दुई हजार २७ दशमलव १९ विन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ५७. ७४ अंकले घटेर दुई हजार एक सय २२ दशमलब ६४ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा दुई अर्ब ५२ करोड ५० लाख बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा दुई अर्ब ५२ करोड २७ लाख बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये १४६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ६२ कम्पनीको शेयरमूल्य घटेको छ । ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा विजय लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक र अभियान लघुवित्त वित्तीय संस्था रहेका छन् । जसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढिले बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ फागुन २०७९, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार