काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको पहिलो दिन आज आइतबार झिनो अंकले बढेको छ । आजको कारोबार शुरुदेखि नै उच्च अंकले घटेको नेप्से अन्तत सामान्य अंकले बढेर बन्द भएको हो ।
आज नेप्से ४.५५ अंकले बढेर दुई हजार २७ दशमलव १९ विन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ५७. ७४ अंकले घटेर दुई हजार एक सय २२ दशमलब ६४ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । आज नेप्सेमा दुई अर्ब ५२ करोड ५० लाख बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा दुई अर्ब ५२ करोड २७ लाख बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये १४६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ६२ कम्पनीको शेयरमूल्य घटेको छ । ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । नेप्सेका अनुसार आज तीन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा विजय लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक र अभियान लघुवित्त वित्तीय संस्था रहेका छन् । जसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढिले बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ फागुन २०७९, १५ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार उच्चतम अंकमा, ९ अर्ब ६८ करोडको कारोबार
नेप्से परिसूचक २७०० माथि, कारोबार रकम ७ अर्ब ४५ करोड
नेप्से परिसूचक झिनो अंकले घट्यो
घट्यो सेयर बजार
बढ्यो सेयर बजार, ९ अर्ब ५० करोडको कारोबार
सेयर बजारले नाघ्यो २७ सय विन्दु