काठमाडौँ । बिहीबार सेयर बजार परिसूचक नेप्सेमा ५७ अंक माथिको पहिरो गएको छ । यसदिन नेप्से सूचक ५७.७४ अंक अर्थात् २.७८ प्रतिशतले घट्दै २ हजार २२.६४ अंकमा झरेको हो । त्यसो त बुधबार मात्र केन्द्रीय बैंकले लघुवित्त संस्थाहरुको नाफामा संकुचन ल्याउने गरी ब्याजदर र लाभांश वितरणमा अंकुश लगाउँदै निर्देशनमा संशोधन गरेसँगै आज लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा तीब्र गिरावट आएको छ । जसले समग्र सूचकमा नै प्रभाव पर्न गएको हो ।
नेपाल स्टक एक्सचेञ्ज अनुसार आज गुमाउनेमा अधिकांश लघुवित्त कम्पनीहरु रहेका छन् । चार दर्जन हारहारीका लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । माइक्रोफाइनान्स समूहको उपसूचक ९.५४ प्रतिशतले घट्दैगर्दा अन्य १२ वटा उपसूचक समेत ऋणात्मक हुदै आज सेयर बजार नै राताम्मे हुन पुगेको छ ।
५७ अंकमाथिले नेप्से सूचक घटेको बजारमा आज कुल २ अर्ब ५२ करोड २७ लाख रुपैयाँ बराबरको ६३ लाख २६ हजार कित्ता सेयर कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ फागुन २०७९, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार उच्चतम अंकमा, ९ अर्ब ६८ करोडको कारोबार
नेप्से परिसूचक २७०० माथि, कारोबार रकम ७ अर्ब ४५ करोड
नेप्से परिसूचक झिनो अंकले घट्यो
घट्यो सेयर बजार
बढ्यो सेयर बजार, ९ अर्ब ५० करोडको कारोबार
सेयर बजारले नाघ्यो २७ सय विन्दु