च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी बराबरीमा रोकियो

सफल खबर संवाददाता

विहीबार, ११ फागुन २०७९, ०८ : २८
च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी बराबरीमा रोकियो

एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटी सुरुवाती अग्रताका बाबजुत पहिलो लेगमा १-१ गोलको बराबरीमा रोकिएको छ। पहिलो हाफ पूर्ण रूपमा खेल आफ्नो नियन्त्रणका बाबुजुत सिटी बराबरीमा रोकियो।

सिटीले खेलमा अग्रता रियाज महारेजको गोलमार्फत् लिएको थियो। महारेजको गोलले २७ औँ मिनेटमा अग्रता बनायो। पहिलो हाफमा १-० को अग्रता बनाएको सिटीका लागि दोस्रो हाफ भने निरासाजनक रह्यो।

जोस्को ग्वाड्रिओलले ७० औँ मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काएका थिए। त्यसपछि खेलमा थप गोल हुन नसक्दा सिटी पहिलो लेगमा १-१ गोलको बराबरीमा रोकिएको हो। खेलमा ६२ प्रतिशत पोसेसनका बाबजुत सिटीले थप गोल गर्न भने असफल रह्यो।

लुकाको गोलमा मिलनलाई अग्रता

इन्टर मिलानले एफसी पोर्टो विरुद्ध च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा अग्रता बनाएको छ। अन्तिम समयमा पोर्टो १० खेलाडीमा सीमित भएको फाइदा उठाउँदै इन्टरले गोल गर्दै पहिलो लेगमा १-० को अग्रता बनायो।

पोर्टोविरुद्ध रोमेलु लुकाकुले गोल गरेका थिए।  ओटाभियो ७८ औँ मिनेटमा दोहोरो पंहेलो कार्डका कारण मैदानबाट बाहिरिएपछि पोर्टो १० खेलाडीमा सीमित भएको थियो। त्यसको फाइदा उठाउँदै इन्टर मिलानका लागि लुकाकुले ८६ औँ मिनेटमा गोल गर्दै टिमको सम्भावित बराबरी टारेका थिए।

प्रतिक्रिया दिनुहोस