एजेन्सी । यस सिजनको युरोपा लिगको फाइनलमा दुई इङ्ग्लिस क्लब प्रवेश गरेका छन्।
म्यानचेस्टर युनाइटेड बिहीबार राति भएको दोस्रो लेग सेमिफाइनलमा एथलेटिक क्लबलाई ४–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको छ।
पहिलो लेगमा युनाइटेड ३-० ले विजयी भएको थियो। खेलको ३१ औँ मिनेटमा माइकल जाउरेजिगरको गोलमा एथलेटिकले अग्रता लिएको थियो। बिहीबारको खेलका नायक भने माउन्ट भए।
सन् २०२३ मा चेल्सीबाट म्यानचेस्टर आएदेखि चोटसँग सङ्घर्ष गरेका माउन्टले मैदान प्रवेश गरेको १० मिनेट पछि नै पहिलो गोल गरे थिए। ७२ औँ मिनेटमा पहिलो गोल गरेका उनले इन्जुरी समयमा पनि गोल गरे। यस बिचमा कासिमेरो र हिजल्यान्डले युनाइटेडका लागि गोल गरेका थिए।
फाइनलमा म्यानचेस्टरले टोटनहाम हस्टस्पर्सको सामना गर्ने छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ बैशाख २०८२, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानचेस्टरलाई हराउँदै टोटनहामले जित्यो युरोपा लिगको उपाधि
म्यानचेस्टर सिटीमाथि लिभरपुलको सहज जित
म्यानचेस्टर सिटीको उपाधि यात्रामा धक्का
घरेलु मैदानमै म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो हार
टोटनह्यामसँग म्यानचेस्टर सिटीको लज्जास्पद हार
लेस्टरमाथि म्यानचेस्टर युनाइटेडको शानदार जित