एजेन्सी । ह्यारी म्याग्वायरको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले इङलिस प्रिमियर लिगमा लिभरपुललाई पराजित गरेको छ।
आइतबार राति एनफिल्डमा भएको खेलमा युनाइटेडले लिभरपुलमाथि २–१ को जित निकालेको हो। युनाइटेडको जितमा ह्यारी म्याग्वायर र ब्रायन एम्बुएमोले गोल गरे। लिभरपुलका लागि कोडी ग्याक्पोले एक गोल फर्काए।
लगातार तीन प्रिमियर लिगमा हार व्यहोरेपछि लिभरपुलले सन् २०१४ पछिको सबैभन्दा खराब नतिजा व्यहोरेको हो।खेलको दोस्रो मिनेटमा नै ब्रायनको गोलको युनाइटेडले सुरुवाती अग्रता बनाएको थियो। खेलमा दबाब बनाइराखेको युनाइटेडले ४ औँ मिनेटमा भने बराबरी गोल खान पुग्यो।
खेलको ७ औँ मिनेटमा कोडी ग्याक्पोको गोलमा लिभरपुल खेलमा फर्किएको थियो। तर ८४ औँ मिनेटमा ह्यारी म्याग्वायरले गोल गर्दै युनाइटेडलाई महत्वपूर्ण जित दिलाए।
याे जितसँगै युनाइटेड नवौँ स्थानमा उक्लेको छ। युनाइटेडले आठ खेलमा चार खेलमा जित, एक खेलमा बराबरी र ३ खेलमा हार व्यहोरेको छ। लिगमा तेस्रो हार व्यहोरेको लिभरपुल ५ खेलमा जितसहित १५ अंकमा चौथो स्थानमा छ।
गएराति नै भएको अर्को खेलमा एष्टोन भिल्लाले टोटनह्याम हट्सपुरलाई २–१ गोल अन्तरले नै पराजित गर्याे।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०३ कार्तिक २०८२, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म्यानचेस्टरलाई हराउँदै टोटनहामले जित्यो युरोपा लिगको उपाधि
म्यानचेस्टर युनाइटेड युरोपा लिगको फाइनलमा
म्यानचेस्टर सिटीमाथि लिभरपुलको सहज जित
म्यानचेस्टर सिटीको उपाधि यात्रामा धक्का
घरेलु मैदानमै म्यानचेस्टर युनाइटेडको लगातार तेस्रो हार
टोटनह्यामसँग म्यानचेस्टर सिटीको लज्जास्पद हार