एजेन्सी । अमेरिकी धातु उत्पादन कारखानामा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको बेडफोर्डमा सोमबार भएको विस्फोटमा एक जनाको मृत्यु भएको तथा १३ जना घाइते भएका सरकारी अधिकारीले पुष्टि गरेका छन् ।
तामा मिश्रित धातु उत्पादन गर्ने सुम्यान एण्ड कम्पनीमा उक्त विष्फोट भएको हो । विष्फोटमा घााइते भएका सबैलाई अस्पताल लगिएकोे अग्नि अधिकारीहरूले बताएका छन् । विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको उनीहरूले जनाएका छन् ।
सुम्यानको भौतिक संरचनामा व्यापक क्षति भएको छ । विष्फोटपछि बेडफोर्ड वरपरको वायुमण्डल प्रदूषित भएको थियो । उक्त क्षेत्रका धेरै स्थानीयले त्यसबारे गुनासो गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, ०९ फागुन २०७९, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकालाई रुसको चेतावनी– क्रिमिया आक्रमणको बदला लिइन्छ
चीनसँग अमेरिकाको माग– अधिकारकर्मीहरूको तत्काल रिहाइ होस्
अमेरिकामा भारी वर्षा र पहिरोका कारण १३ जनाको मृत्यु
अमेरिकामा आँधीका कारण चार जनाको मृत्यु
विश्वकपको वार्मअपमा नेपालले अमेरिका र क्यानडासँग खेल्ने
अमेरिकाको टेक्सासमा बाढीः प्रभावित क्षेत्रबाट ६०० भन्दा बढीको उद्धार