काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाएकी छिन् ।
शुक्रवार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सरकारले शिक्षा, स्वास्थ्यसहितका हरेक कुरामा व्यापार गरिरहेको बताइन् । उनले शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारका कारण अधिकांश आर्थिक स्थिति कमजोर रहेका नेपालीहरूले छोराछोरीहरूलाई अध्ययन गराउन नसकेको बताए ।
उनले सरकारले दिइरहेको स्कलरसिप र सहुलियत कसले पाउँछ त्यो पनि थाहा नहुने गरी काम भइरहेको भन्दै आपत्ति जनाइन् । उनले आर्यघाटमा पुर्याइएको शवमाथि पनि व्यापार हुने र जलाउनको लागि चन्दा सङ्कलन गर्नुपर्ने अवस्था समाजमा देखिएको बताइन् ।
पूर्व प्रधानन्यायाधीश कार्कीले शिक्षामा व्यापार हुन्जेल सम्म सामाजिक उत्थान हुन नसक्ने बताइन् । उनले नागरिकलाई गाँस, वास र कपासका साथै शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता सरकारले गर्न नसकेको भन्दै राजनीतिक दलहरू एउटा कुर्सीको लागि भिडेर बसिरहेको बताइन् । उनले सरकारमा बस्नै सबै व्यापारीहरू रहेको उल्लेख गरिन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ फागुन २०७९, १२ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेनसँग किन चिढिइन् सुशीला कार्की ?
सुशीला कार्कीको आक्रोश : "तपाईंको आमा फेरिइसक्यो, बालेनकी श्रीमतीलाई आमा भन्नू"
सुशीला कार्कीको विवादास्पद नियुक्ति खारेज
‘नयाँ वर्षले सबैमा सकारात्मक ऊर्जा मिलोस्’ : सुशीला कार्की
प्रधानमन्त्रीद्वारा गण्डकी प्रदेशमा निर्वाचन तयारीको स्थलगत अनुगमन
फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ: प्रधानमन्त्री कार्की