बुटवल । रुपन्देहीको देवदहमा श्रीमती र छोराछोरीको हत्या प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन् । देवदह ९ कालिका टोलस्थित ३९ वर्षका रामबहादुर बिकलाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको हो ।
विकले सोमबार साँझ आफ्नै घरमा श्रीमती र छोराछोरीलाई भित्र थुनेर बाहिरबाट चुक्कल लगाई घरमा आगो लगाएका थिए । घरको छानोमा आगो सल्किएर दन्किन थालेपछि घर भित्रबाट उनीहरुले हारगुहार गरेपछि गाउँलेहरु जुटेर उद्दार गरेका थिए ।
आरोपित विकलाई पक्राउ गरी ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ फागुन २०७९, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ
ठगी गरेको अभियोगमा एक जना पक्राउ