काठमाडौ । नेपाल सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णयलाई राजपत्रमार्फत औपचारिक रूपमा लागू गरेको छ ।
गृह मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार आजदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था गरिएको हो ।
नयाँ व्यवस्थाअनुसार अब सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा सातामा दुई दिन बिदा हुनेछ । बिदासँगै सरकारले कार्यालय समयसमेत परिमार्जन गरेको छ । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछन् ।
यस्तै, हिउँदयाम (कात्तिक १६ देखि माघ १५ गतेसम्म) मा भने कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम रहने राजपत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ चैत्र २०८२, ०७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने
चुनावले छपक्कै छोप्यो, आजदेखि एकसाता बिदा
आज ग्याल्पो ल्होसारको सार्वजनिक बिदा
चिसो बढेपछि गौरका विद्यालयमा बिदा
मधेस प्रदेशमा आज सार्वजनिक बिदा
आज पनि तिहारकै सार्वजनिक बिदा