काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमा आज पनि सुनुवाइ हुँदैछ ।
आइतबार न्यायाधीशद्वय विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा भएको बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको छ । हिजो ओली र लेखकका तर्फबाट वकिलहरूले बहस गरेका छन् ।
गत भदौमा भएको जेनजी आन्दोलको घटनाबारे गठित जाँचबुझ आयोगको सिफारिसअनुसार ओली र लेखकमाथि अनुसन्धानका लागि प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो । उनीहरूमाथि प्रहरीले ज्यानसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको छ।
पक्राउ विरुद्ध ओलीको तर्फबाट पत्नी राधिका शाक्य र लेखकको तर्फबाट पत्नी यशोधा थापाले चैत १५ गते बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दायर गरेका थिए ।
यसैबीच, काठमाडौँ जिल्ला अदालतले ओली र लेखकलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार प्रहरीलाई अनुमति दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ चैत्र २०८२, ०८ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली–लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने
ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाइ हुँदै