काठमाडौं । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा गाई काट्दै गर्दा चारजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको महाकुलुङ गाउँपालिका–५ का ३७ वर्षीय राजकुमार राई, निजकी श्रीमती ३९ वर्षीया अस्तीकुमारी राई, ४० वर्षीया फुलमाया रसाइली र निजका छोरा २१ वर्षीय प्रेम रसाइली रहेका छन् ।
उनीहरू सोलुदूधकुण्ड नगरपालिका–५ क्याम्पस टोलबाट पक्राउ परेका हुन् । गाई काट्दै गरेको भन्ने स्थानीयवासीले दिएको गोप्य सूचनाका आधारमा उनीहरूलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए ।
पक्राउ परेका चारैजना सदरमुकाम सल्लेरीमै कोठा भाडामा लिएर बस्दै आएको खुल्नआएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ फागुन २०७९, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी, दुई जना पक्राउ
खैरो हेरोइनसहित भक्तपुरबाट युवक पक्राउ
हुन्डीको १३ लाख ५० हजारसहित एक जना पक्राउ
बालिका बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
सूचना दिनेलाई १० लाख भारु इनाम तोकिएका व्यक्ति नेपालबाट पक्राउ परेको दाबी
मरेको खसीको मासु बेचेको आरोपमा २ जना पक्राउ