काठमाडौं । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा गाई काट्दै गर्दा चारजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको महाकुलुङ गाउँपालिका–५ का ३७ वर्षीय राजकुमार राई, निजकी श्रीमती ३९ वर्षीया अस्तीकुमारी राई, ४० वर्षीया फुलमाया रसाइली र निजका छोरा २१ वर्षीय प्रेम रसाइली रहेका छन् ।
उनीहरू सोलुदूधकुण्ड नगरपालिका–५ क्याम्पस टोलबाट पक्राउ परेका हुन् । गाई काट्दै गरेको भन्ने स्थानीयवासीले दिएको गोप्य सूचनाका आधारमा उनीहरूलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए ।
पक्राउ परेका चारैजना सदरमुकाम सल्लेरीमै कोठा भाडामा लिएर बस्दै आएको खुल्नआएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ फागुन २०७९, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ
ठगी गरेको अभियोगमा एक जना पक्राउ