तराईमा मिटरब्याजी, पहाडमा लघुवित्त र सहरमा बैंकको आतंक छ : विप्लव

सफल खबर संवाददाता

सोमबार, ०१ फागुन २०७९, १४ : ४९
तराईमा मिटरब्याजी, पहाडमा लघुवित्त र सहरमा बैंकको आतंक छ : विप्लव

काठमाडौ । नेकपा महासचिव नेत्रविक्रम चन्द्र‘विप्लव’ले तराईमा मिटरब्याजी, पहाडमा लधुवित्त र सहरमा बैंकको चर्को ब्याजको आतंक भएको टिप्पणी गरेका छन् । जनयुद्ध दिवसको उपलक्ष्यमा भिडियो सन्देश दिँदै विप्लवले शासकहरु कुर्सीको झगडामा लिप्त हुँदा नेपाली जनता संकटै संकटमा बाँच्न बाध्य भएको बताएका छन् ।

देशमा राजनीतिक संकट गहिरिदै जाँदा साम्राज्यवादी र नवउपवेशिक बढ्दै गएको विप्लवले बताए । ‘देशमा आर्थिक संकट बढ्दै छ । नेपाली जनता विभिन्न खालका संकटबाट तड्पी रहेका छन् । आजपनि एक छाक खान एक सरो लुगा लगाउन र बस्ने बासको निम्ती लाखौ लाख जनता तड्पी रहेका छन्’ विप्लवले भने, ‘तपाईमा मिटर ब्याजीको आतंक छ ।

पहाडमा लघुवित्त, सहरमा सहकारी र बैंकको चर्को ब्याजबाट नागरिक छटपटाइ रहेका छन् ।’ आर्थिक संकट गहिरिदै जाँदा उद्योगी व्यपारी समेत पलायन हुने अवस्थामा पुगेको विप्लवले बताए । ‘राज्य सञ्चालकहरु कुर्सीमा लिप्त छन् । संसदवादी दलहरु कुर्सीको झगडामा व्यस्त छन् । नेपाली जनताको समस्याप्रति वेप्रवाह छन् । यो समस्यालाई अपब्याख्या गरेर उल्टोतिर प्रचारगरी रहेका छन्’ उनले भने, ‘आजको संकटको केही पार्टी र नेताहरुको मात्रै होइन । यस्तो हुनमा दलाल पुँजीवादी राज्य सत्ताको हो । संसदीय व्यवस्था हो ।’ देशमा बेरोजगारी बढ्दै जाँदा कलेज र विश्वविद्यालयका युवाहरु विदेश पलाउन हुने गरेको विप्लवले बताए ।