काठमाडौँ । स्वास्थ्य मन्त्रालयले आन्दोलनका कार्यक्रम फिर्ता लिन नेपाल चिकित्सक संघलाई आग्रह गरेको छ ।
डाक्टर कुटपिट प्रकरणमा आक्रोशित बनेको संघले आइतबार आइतबार सेवा ठप्प पारेको सन्दर्भमा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो ।
‘स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील विषयमा सम्पूर्ण स्वास्थ्यकर्मीहरु थप संवेदनशील बनेर अस्पतालमा उपचारका लागि आउने दिर्घरोगी, जटिल प्रकारका विरामीहरुको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै नेपाल चिकित्सक संघले मिति २०७९ साल माघ २९ गतेका दिन आह्वान गरेको आन्दोलनको कार्यक्रम फिर्ता लिएर नागरिकहरुको स्वास्थ्य उपचारको नियमित काममा जुट्नका लागि अनुरोध गर्दछौं’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।
राष्ट्रपतिको सवारीका क्रममा हिँडेको भन्दै राष्ट्रिय ट्रमा सेन्टर चिकित्सक शुक्रबार कुटिएका थिए। घटनाको लगत्तै नेपाल प्रहरीले घटनामा संलग्न सुरक्षाकर्मीलाई निलम्बन गरी घटनाको छानवीन गरिरहेको जनाइएको छ ।
उक्त घटनाको विषयमा थप छलफल गरी समस्याको समाधान गर्नका लागि वार्ता समिति गठन गर्ने र नेपाल चिकित्सक संघले उठाएका विषयहरुलाई सम्बाद मार्फत समाधान गर्न प्रयास भईरहेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ माघ २०७९, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयले गर्यो १४ जना चिकित्सकको काज फिर्ता
वायु प्रदूषण बढेपछि अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य मन्त्रालयद्वारा अस्पतालमा ‘द्रुत प्रतिकार्य टोली’ गठन
५ दिनभित्र जेन जेड घाइतेहरूको विवरण उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
अत्यधिक चिसोमा अनावश्यक बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अनुरोध