काठमाडौँ । केही दिन ओरालो लागेको सुनको मूल्य आज पुनः उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा पाँच सय रुपैंयाँले बढेको हो । आज सुन प्रतितोला एक लाख छ हजार तीन सयमा कारोबार भइरहेको छ ।
मंगलबार प्रतितोला एक लाख पाँच हजार आठ सयमा कारोबार भएको महासंघले बताएको छ । यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्रै बढ्दै आज प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ माघ २०७९, ११ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको भाउ घट्यो, चाँदीको बढ्यो : कतिमा हुदैछ कारोबार ?
सुनसंगै चाँदीको मुल्य पनि आकसियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?
एक सातामा सुनको मूल्य तोलामै बढ्यो ८ हजार ९०० रुपैयाँ
सुनको मूल्य २ लाख ५० हजार नाघ्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?