जनकपुर । धनुषा प्रहरीको हिरासतबाट फरार भएका थप एकजना थुनुवा पक्राउ परेका छन्।
आइतबार राति इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षको पर्खाल भत्काइ फरार भएका थुनुवाहरूमध्ये कुटपिट मुद्दाको थुनुवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ।
जिल्ला प्रहरी र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको संयुक्त टोलीले खोजतलासको क्रममा बुधबार मिथिला नगरपालिका २ बस्ने २५ वर्षीय हरदीप सिंहलाई नियन्त्रणमा लिएको हो।
आइतबार राति ६ जना थुनुवा भागेकोमा अहिलेसम्म तीनजना मात्र पक्राउ परेका छन्। फरार रहेका बाँकी थुनुवाको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ माघ २०७९, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
३ किलो ४ सय ग्राम कोकिनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ३६ लाख ठगी, दुई जना पक्राउ
मानव बेचबिखनका आरोपी १६ वर्षपछि पक्राउ
गोली हानेर ब्राउन सुगर बोक्ने २ जना पक्राउ