फुटबल खेलमा पहिलो पटक देखाइयो ह्वाइट कार्ड, के हो ह्वाइट कार्ड ?

सफल खबर संवाददाता

विहीबार, १२ माघ २०७९, ०८ : ४५
फुटबल खेलमा पहिलो पटक देखाइयो ह्वाइट कार्ड, के हो ह्वाइट कार्ड ?

एजेन्सी । फुटबलमा पंहेलो कार्ड र रातो कार्डबारेमा त सबैलाई जानकारी छ। तर पोर्चुगलको महिला लिग फुटबलमा रेफ्रीले आफ्नो गोजीबाट पहिलो पटक विश्व फुटबलमा नयाँ प्रयोग गर्दै ह्वाइट कार्ड देखाएका छन्।

सेतो कार्ड पोर्चुगिज क्लब बेन्फिका र स्पोर्टिङ लिस्बनबीचको महिला कपको क्वाटरफाइनल खेलमा देखाइएको हो। हाफ टाइमभन्दा ठिक अघि बेन्फिका ३(० ले अघि रहेको थियो। त्यही समयमा रेफ्रीले ह्वाइट कार्ड देखाउने निर्णय गरेका थिए। कार्ड निकाल्नासाथ स्टेडियममा उपस्थित दर्शकले रेफ्रीका लागि ताली पड्काएर सम्मान गरेका थिए।

के हो व्ह्वाइट कार्ड ?

पोर्चुगलले नेसनल प्लान फर इथिक्स एन्ड स्पोर्टस् ९पिएनइडी० ले एक नयाँ योजना अघि सारेको छ। यसको अर्थ ह्वाइट कार्ड फेयर प्लेका लागि दिइन्छ। पोर्चुगलको फुटबल फेडेरेसनले पायलट प्रोजेक्टको सुरु गरेको हो। जब दुई टिम आपसमा खेल भावनाका साथ खेल्नेछन् तब रेफ्रीले ह्वाइट कार्ड देखाउन सक्ने छन्।

किन पर्‍यो ह्वाइट कार्डको जरुरी ?

बेन्फिका र स्पोर्टिङ लिस्बनको बीच भएको खेलको दौरान उपस्थित एक समर्थक बिमारी भएर बेहोस भएका थिए। स्थिति सम्हाल्नका लागि दुवै तर्फका मेडिकल टिम समर्थक भएको ठाउँमा पुगेका थिए।

उनीहरूले समर्थकलाई त्यही मेडिकल ट्रिटमेन्ट दिएका थिए। मेडिकलको तारिफमा रेफ्रीले सेतो कार्ड देखाएका हुन्। जसले ठूलो मात्रामा समर्थकको मन जित्न सफल रह्यो। उक्त खेलमा बेन्फिकाले ५(० को जित निकाल्यो।