एजेन्सी । चीनमा गत जनवरी १३ देखि १९ को बीचमा लगभग १३ हजार कोभिड– १९ सङ्क्रमणको कारण मृत्यु भएको छ । गत जनवरी १२ सम्म अस्पतालमा कोभिडको कारण ६० हजार मानिसको मृत्यु भइसकेको थियो ।
 अस्पतालमा भर्ना भएका छ सय ८१ बिरामीको कोरोना भाइरस सङ्क्रमणका कारण श्वासप्रश्वासको समस्याबाट मृत्यु भएको र एघार हजार नौ सय ७७ जनाको सङ्क्रमणसँगै अन्य रोगका कारण मृत्यु भएका चीनको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ( सिडिसि) ले शनिबार जारी एक विज्ञप्तिमा जनाएको छ ।
गत डिसेम्बरमा चीनले शून्य–कोभिड नीति त्यागेपछि यस रोगबाट ६० हजार भन्दा बढी मानिसहरूको मृत्यु भएको सिडिसिले जनाएको छ ।
                
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०८ माघ २०७९, १६ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनको शेन्झाउ-२१ अन्तरिक्ष स्टेशनसँग सफल डक
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
रुस–युक्रेन युद्ध अन्त्य गर्न ट्रम्पले चीनसँग मागे सहयोग
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास
चीनले बनायो विश्वकै पहिलो सिक्स जी चिप
‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’