काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ६ सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।
तेजाबी सुन मूल्य प्रतितोला एक लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन बुधबार पनि सोही मूल्यमा किनबेच भएको थियो। यसैगरी चाँदीको मूल्य भने घटेको छ। बिहीबार चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबारको तुलनामा आज चाँदी प्रतितोला २० रुपैयाँ घटेको हो । बुधबार चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ माघ २०७९, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढयो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
यस्तो छ आज सुनचाँदीको भाउ...