म्याग्दी । म्याग्दीमा बुहारीको हत्या गरेको आरोपमा ससुरा पक्राउ परेका छन् ।
जिल्लाकाे धौलागिरी गाउँपालिका- ३ की २८ वर्षीया अनिता रानाको हत्या आरोपमा उनका ५३ वर्षीय ससुरा इन्द्रबहादुर भण्डारी पक्राउ परेका हुन्।
भण्डारीले सामान्य विवादमा दाउराको चिर्पटले बुहारी अनिताको टाउकोमा प्रहार गरेकाे खुल्न आएकाे हाे।
प्रहरीका अनुसार गम्भीर घाइते भएकी अनिताको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
घटनासम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ माघ २०७९, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैँची प्रहार गरि महिलाको हत्या अभियोगमा एक किशोर पक्राउ
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने
एक सातापछि पनि सत्य बाहिर आएन: इनिसा विकको हत्या प्रकरणमा पीडा र प्रश्नहरू बढ्दै
ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या
धनगढीमा श्रीमतीको हत्या गरी श्रीमान् फरार
जनकपुरमा २० वर्षीय युवकको बीभत्स हत्या