म्याग्दी । म्याग्दीमा बुहारीको हत्या गरेको आरोपमा ससुरा पक्राउ परेका छन् ।
जिल्लाकाे धौलागिरी गाउँपालिका- ३ की २८ वर्षीया अनिता रानाको हत्या आरोपमा उनका ५३ वर्षीय ससुरा इन्द्रबहादुर भण्डारी पक्राउ परेका हुन्।
भण्डारीले सामान्य विवादमा दाउराको चिर्पटले बुहारी अनिताको टाउकोमा प्रहार गरेकाे खुल्न आएकाे हाे।
प्रहरीका अनुसार गम्भीर घाइते भएकी अनिताको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
घटनासम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ माघ २०७९, ०८ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्रयोग गरी छोराले गरे आमाको हत्या
तनहुँमा तीन जनाको बीभत्स हत्या, घटना रहस्यमय
धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या