काठमाडौ । प्रधानमन्त्री प्रचण्डले बिहीबार सत्ता गठबन्धनको बैठक बोलाएका छन् । प्रचण्डले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन् ।
सोहीअनुसार आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुंगो लगाउने तयारी गरेको छ ।
प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुनेछ ।
प्रचण्डले बुधबार साँझ मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका थिए । प्रचण्ड १० पुसमा प्रधानमन्त्री बनेका थिए ।
एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहितका सात दल गठबन्धनमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ पुस २०७९, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेश सरकारको मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री नियुक्त
जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने मन्त्रिपरिषद्को निर्णय
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद् आज विस्तार हुँदै, यी हुन थपिने चार मन्त्री
प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
चन्द्रकुवेर खापुङ ७१ दिनका लागि प्रहरी महानिरीक्षकमा नियुक्त