धनुषा । मधेस प्रदेशमा मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको करिब एक महिनापछि प्रदेश सरकारको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । मुख्यमन्त्रीको नेतृत्वमा गठित सरकारले आज थप छ जना मन्त्री समेटेसँगै मन्त्रिपरिषद् पूर्ण बनेको हो ।
आज जनकपुरधामस्थित मधेस भवनमा छ जना नवनियुक्त मन्त्रीले प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मनिषकुमार सुमनलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ भने राजकुमार गुप्ताले भौतिक पूर्वाधार विकास मन्त्रालयले जिम्मेवारी पाएका छन् ।
शंकरप्रसाद चौधरीलाई वन तथा वातावरण, श्यामप्रसाद पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वसन्तकुमार कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय तथा फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । नयाँ मन्त्रीहरूको नियुक्तिसँगै मधेस प्रदेश सरकारको प्रशासनिक गतिविधि सक्रिय हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ पुस २०८२, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन गृहमन्त्री जनकपुरमा
मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ
मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेस
मधेस प्रदेशमा लम्पीस्किनको संक्रमणबाट १७०० पशु मरे
वर्षासँगै सुक्खा संकटग्रस्त मधेस प्रदेशमा धमाधम रोपाइँ
मधेस प्रदेशका पूर्वप्रमुख अहिराज पक्राउ