काठमाडौँ । सरकारले जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको हो ।
जेन जेड आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच बुधबार भएको सम्झौता बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को असोज ५ को निर्णय अनुसार गठित जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय भएको हो ।
हिजो भएको सहमतिमा जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने सहमति भएको थियो । सोही अनुसार आजको मन्त्रिपरिषद्को बैठकले उक्त सम्झौतालाई मन्त्रिस्तरीय बैठकबाट निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ मंसिर २०८२, १८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद्को आकस्मिक बैठक दिउँसो १ बजे बस्दै
सरकारले प्रतिवेदन अनुसार कार्य गरेको दाबी
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता
मधेश सरकारको मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री नियुक्त
मन्त्रिपरिषद्को बैठक बस्दै