काठमाडौँ । सरकारले जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय गरेको हो ।
जेन जेड आन्दोलनका प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबीच बुधबार भएको सम्झौता बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को असोज ५ को निर्णय अनुसार गठित जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय भएको हो ।
हिजो भएको सहमतिमा जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने सहमति भएको थियो । सोही अनुसार आजको मन्त्रिपरिषद्को बैठकले उक्त सम्झौतालाई मन्त्रिस्तरीय बैठकबाट निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ मंसिर २०८२, १८ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता
मधेश सरकारको मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री नियुक्त
मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद् आज विस्तार हुँदै, यी हुन थपिने चार मन्त्री
प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै
चन्द्रकुवेर खापुङ ७१ दिनका लागि प्रहरी महानिरीक्षकमा नियुक्त