काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा आठ सदस्यीय मन्त्रीपरिषद् गठन हुने भएको छ । प्रचण्डले तीन उपप्रधानमन्त्रीसहित सात मन्त्रीलाई नियुक्त गरेर आजै शपथको कार्यक्रम तय भएको हो ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले राष्ट्रपति भवन शीतल निवासमा आठ जनाले शपथ लिने तय भएको जानकारी दिए । जसअनुसार उपप्रधानमन्त्रीमा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने हुनेछन् ।
रविले गृह तथा नारायणकाजीले भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालय पाउने तय भएको छ । अन्य मन्त्रीहरु भने विनाविभागीय हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ पुस २०७९, १५ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चार नयाँ मन्त्रीले लिए शपथ, अनिल सिन्हालाई थपियो पर्यटन
कहाँ छन् अन्तरिम सरकारका प्रधानमन्त्री देखि मन्त्रीका छोराछोरी ?
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन: सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू
नवनियुक्त चार मन्त्रीको शपथ २ बजेपछि
सुशीला कार्की नेतृत्वको सरकारमा यी हुन् अब चर्चामा रहेका तीन मन्त्री
नवनियुक्त चार मन्त्रीले लिए शपथ