सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन: सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू

सफल खबर संवाददाता

सोमबार, १७ कार्तिक २०८२, १५ : ३१
सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन: सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्नू

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पारेर कार्यान्वयन गर्न कर्मचारीहरूलाई निर्देशन दिएकी छिन् ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सबै मन्त्री र सचिवहरूलाई बोलाएर आयोजना गरिएको छलफलमा उनले यस्तो निर्देशन दिएकी हुन् ।

भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको नागरिकले अनुभूती गर्नेगरी सबै मन्त्रालयको ब्लूप्रिन्ट तयार पार्न प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी हुन् ।

‘गत भाद्र २३ र २४ गतेको आन्दोलनको मर्म र भावना बमोजिम भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको सबै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सबै मन्त्रालयहरूले ब्लूप्रिन्ट तयार गरी कार्यान्वयन गर्नुहोस्,’ प्रधानमन्त्री कार्कीले निर्देश गरेकी छिन् ।

कर्मचारीहरूलाई स्थायी सरकार भएको बताउँदै आफ्नो ज्ञान, सीप र अनुभवको प्रयोग गर्दै कर्तव्य र उत्तरदायित्व पालनमा खरो उत्रन उनले आग्रह गरिन् ।

 

प्रतिक्रिया दिनुहोस