काठमाडौं । २८ लाख घूससहित पक्राउ परेका रामेछापको मन्थलीस्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा कार्यरत इन्जिनियर नवराज सत्याल र प्लम्बर बखत बहादुर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
खानेपानी सम्बन्धी कामको भुक्तानी वापत सेवाग्राहीसँग घुस तथा रिसवत माग गरिरहेको उजुरीका आधारमा सत्याल र थापा कात्तिक २ गते पक्राउ परेका थिए । सेवाग्राहीबाट १६ लाख नगद र १२ लाख रुपैयाँको चेक लिइसकेको अवस्थामा पक्राउ परेका उनीहरुविरुद्ध सोमबार मुद्दा दाय गरेका हो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर मा उनीहरुलाई २८ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता श्याम प्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ मंसिर २०७९, १६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला शिक्षा अधिकारी र प्रधानाध्यापकसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्धा
खरिदार र बिचौलियाविरुद्धको भ्रष्टाचार मुद्दामा प्रतिकूल अभिव्यक्ति दिएको आरोपमा मुद्धा दायर
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन