तत्कालीन सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सफल खबर संवाददाता

बुधबार, २४ मंसिर २०८२, १६ : ३३
तत्कालीन सब-इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा पालिकाका तत्कालीन सब-इन्जिनियरविरुद्ध मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार बराहक्षेत्र नगरपालिका, चक्रघट्टी, सुनसरीका तत्कालीन सव-इन्जिनियर शिव नारायण मण्डलविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीमाथि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिई ओहोदा, लाभ र सुविधा प्राप्त गरेको आरोप आयोगले लगाएको छ ।

प्रतिक्रिया दिनुहोस