काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । मंगलबार महाराजगञ्जको स्मार्ट होटलमा १४ औँ महाधिवेशनबाट आएको केन्द्रीय समिति बैठक आह्वान भएको निवर्तमान केन्द्रीय कार्यसमितिकी सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन् ।
‘१४ औँ महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमिति बैठक आह्वान भएको छ,’ खतिवडाले भनिन्, ‘मंगलबार बिहान ११ बजे महाराजगञ्जमा बोलाइएको छ ।’
निवर्तमान कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेताहरूलाई टेलिफोन गरेर बैठक आह्वान गरिएकोले सहभागी हुन भन्दै जानकारी दिइरहेका केन्द्रीय सदस्यहरूले बताएका छन् ।
बैठकमा समसामयिक राजनीति र सर्वोच्च अदालतमा आफूहरूले दायर गरेको रिटबारे छलफल हुने खतिवडाले बताइन् । सर्वोच्चमा दायर रिटको पेसी चैत २२ गतेका लागि तोकिएको छ ।
गत पुसमा भएको विशेष महाधिवेशनले चयन गरेको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको देउवा–डा. कोइराला समूहले समानान्तर गतिविधि सुरु गरेको हो । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले समानान्तर गतिविधि सुरु गरेका थिए ।
देउवा–डा. कोइराला समूहले प्रतिनिधिसभामा निर्वाचित पार्टीका सांसदहरूलाई सोमबार बधाइको कार्यक्रम पनि राखेका छन् । निवर्तमान कार्यवाहक सभापति खड्काले तत्कालीन केन्द्रीय कार्यसमिति बैठक लगत्तै प्रदेश सभापति र जिल्ला सभापतिहरूको पनि भेला बोलाउने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ चैत्र २०८२, १० : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति
काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता
विद्यार्थी संगठन खारेज गर्ने निर्णयविरुद्ध पूर्णबहादुर खड्काको आपत्ति
कांग्रेसले पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने
सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत
पूर्णबहादुरले राखेको बैठकमा शेखर समूह सहभागी नहुने