काठमाडौं । सरकारले यातायात व्यवसायी तथा गाडीधनीलाई प्रदूषण जाँच गरी तोकिएको मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ । वातावरण विभागले आज सूचना निकालेर गाडीधनीलाई मापदण्डको पालना गर्न अनुरोध गरेको हो ।
उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निस्कासनको अवस्था अन्त्यन्तै दयनीय भएकोले अबका दिनमा विभागले गाडीको धुवाँ निस्कासनको अवस्थाबारे परीक्षणलाई प्रभावकारी बनाउने समेत जनाएको छ ।
अहिले धुवाँ परीक्षण गर्दा मापदण्ड भन्दा धेरै प्रदूषण गराइरहेका गाडीलाई एक पटकको लागि मर्मत गरी अवस्था दुरुस्त राख्न दिने गरेकोमा अब पुस १ गतेदेखि विभागको परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने गाडीलाई एक लाख रुपैयाँसम्म जरिबाना गर्ने विभागले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ मंसिर २०७९, ०९ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौंको वायु प्रदूषण ‘अति अस्वस्थकर’
दिल्लीको हावाको गुणस्तर ‘धेरै खराब’ श्रेणीमा, एक्यूआई ६०० नाघ्यो
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक