काठमाडौं । काठमाडौं उपत्यकामा विगत दुई सातादेखि वायु प्रदूषण मानव स्वास्थ्यका लागि खराब रहँदै आएको छ ।
वायु गुणस्तर मापन गर्ने आइक्यू एअरले बिहान सवा ७ बजे गरेको मापनअनुसार नेपालको राजधानी काठमाडौं उपत्यका विश्वको पहिलो प्रदूषित शहरमा रहेको छ ।
अहिले काठमाडौं उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) १९२ छ । यसलाई अस्वस्थ अवस्था मानिन्छ ।
वायु प्रदूषणका हिसाबले नेपालको काठमाडौंपछि भारतको राजधानी दिल्ली विश्वको दोस्रो नम्बरमा छ । दिल्लीको एक्यूआई १७६ छ । यस्तै, तेस्रो स्थानमा रहेको चीनको वुहान शहरको एक्यूआई १७१ छ ।
वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ । यस्तै, ५१ देखि १०० सम्म मध्यम, १०१ देखि १५० सम्म संवेदनशील समूहका लागि अस्वस्थ, १५१ देखि २०० सम्म अस्वस्थ, २०१ देखि ३०० सम्म निकै अस्वस्थकर र ३०१ भन्दा माथि स्वास्थ्यका लागि खतरनाक तह मानिन्छ ।
विगत लामो समयदेखि पानी नपर्नु र काठमाडौँ उपत्यका आसपास क्षेत्रका जङ्गलमा डढेलो लागेका कारण वायु प्रदूषण बढेको मौसमविद्ले बताएका छन् ।
यस्तै, स्वास्थ्य मन्त्रालयले पनि काठमाडौं उपत्यकाको वायु प्रदूषण खराब रहेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन र निस्कनै परे मास्कको प्रयोग गर्न आग्रह गरेको छ । यस्तै, घरमा बस्दा पनि झ्याल ढोका लगाएर बस्न भनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ चैत्र २०८१, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
काठमाडौँ उपत्यकाको वायु आज पनि अति अस्वस्थकर
काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकर, सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध
काठमाडौंको वायु प्रदूषण विश्वको पहिलो नम्बरमा
लाहोर र दिल्लीमा वायु प्रदूषणको अवस्था गम्भीर
पटकाले काठमाडौँमा बढ्यो वायु प्रदूषण