बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। बुधबार बिहान जिल्लाको सूर्नया ६ दुदिलाखान नजिकै जिप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका हुन् ।
घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका ५ का जिप चालक २० वर्षीय धनबहादुर गुरधामी, बझाङकै बुंगल नगरपालिका वडा नं ९ का ४५ वर्षीय नरपती पातली,७० वर्षीया काली पातली र नरमा पातली रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए ।
उनका अनुसार बुंगल नगरपालिका वडा नं ९ की ४५ वर्षीय नरपती पातली,७० वर्षीया काली पातलीको अवस्था गम्भीर रहेको छ । उनले भने, ‘उपचारका लागि डडेल्धुरा लगिएको छ । उनीहरुको अवस्था गम्भीर छ । दुई जना सामान्य छन् ।’ घाइतेलाई उपचारका लागि डडेल्धुरा पठाइएको प्रहरी प्रवक्ता जोशीले बताए ।
बुधबार बिहान बझाङबाट डडेल्धुरा जाँदै गरेको से१च १२२६ नं को जिप जयपृथ्वी राजमार्गमा पर्ने सूर्नया–६ दुदिलाखान नजिकै दुर्घटना परेको हो । जिप सडकबाट करिब सय मिटर तल खसेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ मंसिर २०७९, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘टिपर’ दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु
मोटरसाइकल चोरेर भाग्दा टिप्परसँग ठोक्किएर दुर्घटना
पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु
बस र ट्रक ठोक्किँदा १० जना घाइते
कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु
सहजपुरमा इभी हायससँग बस ठोक्किँदा तीन जना घाइते