जनकपुर । सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार १० वर्षीया बालिकाको पोखरीमा डुबेर र ५० वर्षीय पुरुषको घरको बरण्डामा लडेर मृत्यु भएको हो।
जिल्लाको ब्रहमपुरी गाउँपालिका ६ नौकिलवा बस्ने देवशरण रायको १० वर्षीया छोरी उषा कुमारी यादव घरबाट हराएकोमा खोजतलास गर्ने क्रममा घरबाट ४ सय मिटर दुरीमा रहेको रत्नेश्वर रायको पोखरीमा डुबेको अवस्थामा फेला परेको हो।
यस्तै, लालबन्दी नगरपालिका १ मा एक जनाको मृत्यु भएको छ । सोही ठाउँमा डेरा गरी बस्दै आएका ५० वर्षीय भरतलाल लामा तिन तल्ले घरको ब्राण्डामा बस्ने क्रममा तल खसेर घाइते भएका थिए। उनको उपचारको क्रममा हरिवनस्थित नमुना अस्पतालमा मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।
दुवै घटनामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ मंसिर २०७९, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते