काठमाडौँ । समानुपातिकतर्फ निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांक अनुसार नेकपा एमाले पहिलो दल बनेको छ । समानुपातिकतर्फ एमालेले ३४ सिट प्राप्त गरेको छ ।
नेपाली कांग्रेस समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको आयोगको भनाइ छ । समानुपातिकमा कांग्रेसले ३२ सिट प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्र समानुपातिकतर्फ पनि तेस्रो भएको छ । माओवादीले समानुपातिकतर्फ १४ सिट पाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा चौथो हुँदै १३ सिट पाएको छ । राप्रपा समानुपातिकमा पाँचौ भएको छ उसले ७ सिट हात पारेको छ । त्यस्तै जसपा र जनमत पार्टीले समानुपातिकमा छैठौ र सातौ हुँदै ५-५ सिट पाएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ मंसिर २०७९, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने
उम्मेदवारलाई चुनावी खर्च सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगद्वारा मातृका यादवलाई निर्वाचित भएको घोषणा