काठमाडौँ । समानुपातिकतर्फ निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम तथ्यांक अनुसार नेकपा एमाले पहिलो दल बनेको छ । समानुपातिकतर्फ एमालेले ३४ सिट प्राप्त गरेको छ ।
नेपाली कांग्रेस समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको आयोगको भनाइ छ । समानुपातिकमा कांग्रेसले ३२ सिट प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्र समानुपातिकतर्फ पनि तेस्रो भएको छ । माओवादीले समानुपातिकतर्फ १४ सिट पाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा चौथो हुँदै १३ सिट पाएको छ । राप्रपा समानुपातिकमा पाँचौ भएको छ उसले ७ सिट हात पारेको छ । त्यस्तै जसपा र जनमत पार्टीले समानुपातिकमा छैठौ र सातौ हुँदै ५-५ सिट पाएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ मंसिर २०७९, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगद्वारा समावेशी समूहको प्रतिशत निर्धारण
देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
निर्वाचन पर्यवेक्षण गर्न २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई आयोगले दियो अनुमति
निर्वाचन ८० दिन बाँकी, चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
चुनावी खर्च पारदर्शी बनाउन निर्वाचन आयोगको आग्रह
समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई चिन्ह प्रदान